काठमाण्डौँ । नेपाल तरुण दल केन्द्रीय समिति बैठकले पुस २७ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा युवा भेला राख्ने निर्णय गरेको छ ।
बिहीबार बसेको दलको आकस्मिक बैठकले नेपाल तरुण दल ,नेपाल महिला सङ्घ ,नेपाल विद्यार्थी सङ्घ सहित शुभेच्छुक संस्थाहरूको संयुक्त आयोजनामा युवा भेला राख्ने निर्णय गरेको हो ।
पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनको काउन्टरमा युवा भेला आयोजना गरिएको हो। बिहीबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि तरुण दलले केन्द्रीय कार्यसमिति बैठक बोलाएर यस्तो निर्णय गरेको हो। कार्यक्रमको संयोजन तरुण दलले गर्नेछ ।
बैठकले नेपाली काङ्ग्रेसको केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठकले पारित गरेको २०८३ साल वैशाख २८,२९,३०,३१ सम्पन्न हुने १५ औँ महाधिवेशन र फाल्गुन २१ को आम चुनावलाई सफल बनाउन निर्णय पनि गरेको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्