कांग्रेसले राष्ट्रियसभाका उम्मेदवार टुंगो लगायो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २३

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ ।

बुधबार बिहान सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट नौजना उम्मेदवारको टुंगो लगाएको हो ।

कांग्रेसले कोसी प्रदेशबाट सुनिल बहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले र जसपा नेपालसँग भएको तालमेलको सहमतिअनुसार कांग्रेसका ९ उम्मेदवारको टुंगो लगाएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *