एमाले नेता बृजेशकुमार गुप्ताले नेतृत्व भ्रष्ट भन्दै पार्टी छाडे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २२

काठमाण्डौँ । नेकपा एमालेका नेता बृजेशकुमार गुप्ताले नेतृत्व र मूलधार नै भ्रष्ट भएको भन्दै पार्टी छाडेका छन् ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले युवा विद्यार्थीको सुशासन लगायतका जायज मागलाई नजर अन्दाज गरेर आन्दोलनमा दमन गरेको, दुई ठूला दल मिलेर जे गरेपनि हुन्छ भन्ने दम्भ देखाएका कारण आफूले पार्टी परित्याग गरेको जनाएका छन् ।

एमाले नेतृत्व सु्ध्रिने नदेखेको बताएका कपिलबस्तुका नेता गुप्ता पूर्वसंघीय मन्त्री समेत बनेका थिए ।

पार्टी नेतृत्वको ध्यान, गतिविधि, संस्कार भ्रष्टाचार गर्ने र भ्रष्टाचारी जोगाउने तर सुशासन नदिने देखियो त्यसैले पार्टी छाड्न वाध्य भएको बताएका विवरण सतहमा आएका छन् ।

२०५६ सालदेखि राजनीतिमा आएका गुप्ताले सुरुमा राप्रपा, त्यसपछि तमलोपा र दुईपटक एमालेबाट सांसद जितेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *