रास्वपामा बालेन पक्षलाई महामन्त्री, कुलमान पक्षलाई सहमहामन्त्री र सहप्रवक्ता दिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २०

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पद काठमाडौं महानगरका प्रमुख बालेन शाह पक्षबाट थपिने भएको छ ।

बालेन र कुलमानलाई रास्वपासँग मिलाउनका लागि सक्रिय एक नेताका अनुसार महामन्त्री पदमा बालेन पक्षबाट थपिने निश्चित गरिएको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीका पद थप्ने निर्णय गरेको छ । सहमहामन्त्री र सहप्रवक्ता १/१ जना थप्ने निर्णय भएको छ ।

रास्वपा स्रोतका अनुसार सहमहामन्त्री र सहप्रवक्तामा दुई जना उज्यालो नेपाल पार्टी पक्षका राखिने भएको छ ।

बालेन पक्षले प्राप्त गर्ने महामन्त्री र कुलमान पक्षबाट हुने सहमहामन्त्री र सहप्रवक्तामा कुन व्यक्ति हुनेबारे निश्चित भई नसकेको जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *