ओली–प्रचण्डबीच भेटबार्ता कांग्रेससहित चुनावी तालमेलको प्रयास

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २०

काठमाण्डौँ । चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भएको हो । छलफलमा सहमति भएरनभएको बारे सार्वजनिक भएको छैन ।

हिजो पनि ओली–प्रचण्डबीच भेटवार्ताको तयारी थियो । तर प्रचण्ड काठमाडौं बाहिर रहेको र प्लेन डिले भएर काठमाडौं उत्रिन ढिलो भएपछि भेट हुन नपाएको एमालेका केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । प्रचण्ड आइतबार भारतको नयाँदिल्ली जानु अगाडि ओलीसँग भेटेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा प्रमुख दलहरूबीच छलफल चलिरहेको बताउँछन् ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । कार्यकाल सकिन लागेकामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनित हुन् । राष्ट्रपतिबाट मनोनितको हकमा सरकारको सिफारिसमा फेरि राष्ट्रपतिबाटै मनोनित हुन्छन् ।

बाँकी १८ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *