|
२०८२ पुष १३
काठमाण्डौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक सरेको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो २ बजेको लागि सरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ ।
बैठकमा नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुने भएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्