रास्वपाको समानुपातिकतर्फका आकांक्षीको अन्तिम सूची सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ११

काठमण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ ।

रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

रास्वपाका अनुसार उम्मेदवारका लागि ४१४ जना आकांक्षीहरूले पार्टीमा आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम सार्वजनिक सूचीमा समावेश गरिएको छैन ।

सूचीमा नाम समावेश नगरिएकाहरूलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने रास्वपाले जनाएको छ ।

समानुपातिकतर्फका आकांक्षीबाट आवेदनका लागि प्रति व्यक्ति ५० हजार शुल्क तोकिएको थियो। त्यस अनुसार रास्वपाले दुई करोड ७ लाख रुपैयाँ संकलन गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *