एमाले नेता गुरु बरालको नाम समानुपातिक सूचीमा सिफारिस

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १०

काठमाण्डौँ । एमाले नेता गुरु बरालको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको छ ।

नेकपा एमाले मोरङले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बरालसहित १६ जनाको नाम सिफारिस गरेको हो ।

जिल्लाबाट आकांक्षी नेताको नाम प्रदेश कमिटीमा सिफारिस भएको सचिव सोमराज थापाले जानकारी दिए ।

उनका अनुसार जिल्ला कमिटीबाट बरालसँगै नरेश पोखरेल, भुराज राई, शान्ति लिम्बू, धना तामाङ, रामलाल साह, सत्यनारायण चौधरी, खेम नेपालीलगायतको नाम सिफारिस भएको छ । प्रदेशले आकांक्षी सूची आज केन्द्रमा पठाउनेछ ।‍

समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका बराल पार्टीको ११औं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका नेता हुन् ।

केपी ओलीको समूहबाट उम्मेदवार बनेका उनी सो समूहबाट पराजित हुने सिनियर नेतामध्ये एक हुन् । उनीसँगै उपमहासचिव उम्मेदवार विष्णु रिमाल पनि पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *