प्रचण्ड-नेपालले खनालपत्नी चित्रकारलाई भेटे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ९

काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारसँग भेट गरेका छन् ।

नेताद्वयले बुधबार जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका हुन् ।

गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक प्रचण्ड र सहसंयोजक नेपाल डल्लुस्थित निवासमा पुगेका थिए ।

चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले नेताहरूलाई दिएका प्रचण्डको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *