|
२०८२ पुष ९
काठमाण्डौँ । जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्दैछन् ।
आयोगलाई दिइने बयानबाट परामर्श गर्न लेखक आज (बुधबार) सभापति देउवालाई भेट्न उनी बस्दै आएको महाराजगञ्जस्थित भाडाको निवास गएका छन् ।
महाराजगञ्ज स्रोतले नेता लेखकलाई छलफलका लागि बोलाइएको पुष्टि गरेको छ । यसअघि नेता लेखकले अनलाइनखबरसँग आयोगले बयान दिन बोलाएको विषयमो ‘सल्लाह’ गरिरहेको प्रतिक्रिया दिएका थिए । आयोगले बयानका लागि बोलाएको पत्र भने नपाएको उनको भनाइ छ ।
विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्