सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली कांग्रेस पार्टी कार्यालय अनुगमनमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ८

काठमाण्डौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली कांग्रेस पार्टी कार्यालय पुगेको छ ।

कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति कांग्रेस पार्टी कार्यालय पुगेको हो ।

सरकारी टोली सम्वाद र कार्यालय अनुगमनका लागि सुरुमा कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेको हो भने यसपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत दलका कार्यालय पनि पुग्ने छ ।

कांग्रेस पार्टी कार्यालयमा सरकारी टोलीले आसन्न निर्वाचनको वातावरण बनाउने विषयमा नेताहरूसँग छलफल गर्ने र जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन पनि गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *