करेन्ट लाग्दा युवकको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ८

रुकुम पश्चिम, असार ८ — रुकुम पश्चिममा खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।

मुसिकोट नगरपालिका–१ निवासी २५ वर्षीय सुन्दर भण्डारी माछा मार्न गएका बेला करेन्टको चपेटामा परेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। करेन्ट प्रयोग गरेर माछा मार्ने कार्य जोखिमपूर्ण र गैरकानुनी भएकाले यस्ता गतिविधिबाट टाढा रहन पनि आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *