नागरिक समाजका अगुवाहरुद्धारा सरकारलाई कमजोर नबनाउन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १९

काठमाण्डौँ । नागरिक समाजका अगुवाहरुले कार्यादेश र क्षमता बाहिरको माग राखेर सरकारलाई कमजोर नबनाउन आग्रह गरेका छन् ।

नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै क्षमताभन्दा बाहिरको मागले सरकार झन् कमजोर हुने भन्दै सरोकारवालाहरुलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् ।

उनीहरुले फागुन २१ गते तोकिएको निर्वाचनमा ध्यान केन्द्रित गर्न र त्यसबाटै संविधानको प्रक्रिया जीवन्त राख्ने बाटोमा अघि बढ्न माग गरेका हुन् ।

सरकार असफल भएर निर्धारित मितिमा निर्वाचन हुन नसकेमा उत्पन्न हुने रिक्तता र अनिश्चितताले देशलाई गम्भिर र दुरगामी असर पर्ने भन्दै उनीहरुले निर्वाचनमै केन्द्रित हुनुपर्ने सुझाव दिएका हुन् ।

उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘सफल निर्वाचनमै सरकारको औचित्य पुष्टि हुने सत्यतालाई मनन गर्दै सरकारको प्रयास र कामकारवाही त्यसमै केन्द्रित होस् र बन्दै गएको निर्वाचन वातावरणलाई प्रतिकुल असर पार्न सक्ने कुनै कार्य नहोस् भनी हामी खबरदारी समेत गर्दछौं ।’

जेन–जी आन्दोलनपछि मुलुक संवेदनशील र जटिल मोडमा पुगेको भन्दै उनीहरुले अब स्थिरता सहित लगमा फर्काउन सरकार, दलहरु र जेन–जी९नवयुवा०हरु सक्रिय हुनुपर्ने भनी अपिल गरेका हुन् । ३० जना नागरिक प्रतिनिधिसहरुको तर्फबाट केदारभक्त माथेमाले अपिलमा हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *