एमाले नेता महेश बस्नेतमाथि आक्रमण प्रयास

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ७

आइतबार, नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमण गर्ने प्रयास भएको छ।

आज एक कार्यक्रममा सहभागी हुन विराटनगरतर्फ जाँदै गरेका बस्नेतमाथि विमानस्थल परिसरबाहिर केही व्यक्तिहरूले आक्रमण गर्न उद्यत भएको प्रहरी स्रोतले जनाएको छ।

घटनाकोबारे थप विवरण सार्वजनिक नभए पनि सुरक्षाकर्मीले समयमै हस्तक्षेप गरेपछि ठूलो घटना हुन नसकेको बताइएको छ। बस्नेत सुरक्षित रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *