|
२०८२ मंसिर ३
काठमाण्डौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्नेको सूची १७ पुगेको छ । आयोगले दल दर्ता आह्वान गरेको पहिलो दिन मङ्सिर १ गते १२ दलले दर्ता गराएका थिए ।
दोस्रो दिन मंगलबार जम्मा ५ दलले मात्र दर्ता गराएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । दल दर्ता गराउनेमा अधिकांश नयाँ पार्टी रहेका छन् । यस्तै माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि आयोगमा जम्मा चार दलले दल दर्ता गराएको छ ।
दल दर्ता गराउनेमा नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपाल रहेका छन् ।
दल दर्ता प्रमाणपत्रका लागि निवेदन दिएका ३२ मध्ये अहिलेसम्म ६ दलले मात्र प्रमाणपत्र पाएका छन् ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्