निर्वाचन आयोगले वामदेव नेतृत्वको पार्टी खारेज गर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २६

काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज भएको छ । वामदेव गौतम नेतृत्वमा रहेको उक्त पार्टी निर्वाचन आयोगले खारेज गरेको हो ।

नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको निवेदन आयोगमा दिएका थिए ।

आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिएको छ । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *