काठमाण्डौँ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले वडादेखि प्रदेशसम्म युथ फोर्स गठन गर्ने निर्णय गरेको छ ।
देशभर युवा जागरण अभियान सञ्चालन गर्ने र सोही अभियानमा युथफोर्स गठन गर्ने युवा संघले जनाएको छ । अभियानको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष महाराज गुरुङलाई दिइएको छ ।
युवा संघ प्रवक्ता निरोज पौड्यालका अनुसार अभियान २७ कात्तिकदेखि १० मंसिरसम्म सातै प्रदेशमा सञ्चालनमा हुने छ ।
पूर्वनिर्धारित तालिका अनुसार २७ कात्तिकमा लुम्बिनीमा, १ मंसिरमा बागमतीमा, ३ मंसिरमा मधेशमा, ४ मंसिरमा कोशीमा, ८ मंसिरमा गण्डकीमा, ९ मंसिरमा कर्णालीमा र १० मंसिरमा सुदूरपश्चिममा अभियान सञ्चालन हुनेछ ।
अभियान अन्तर्गत टोलटोलमा सुरक्षा समितिहरू बनाउँदै वडा, पालिका र प्रदेशस्तरीय युथफोर्स गठन गरिने युवा संघका नेता पौड्यालले बताएका छन् ।
अभियान अन्तर्गत नै ५ मंसिरमा काठमाडौंमा स्वयंसेवक भेला पनि आयोजना गर्ने निर्णय युवा संघले गरेको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्