भूमिसम्बन्धी अध्यादेश आज आउँछ : प्रधानमन्त्री ओली

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ २

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आज जारी हुने दाबी गरेका छन्। बुधवार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरूले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भूमि सम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरू समेट्ने स्पष्ट पारेका छन्। आफू नेतृत्वको सरकारले देशमा सुशासन कायम गरेर विकासमा ध्यान केन्द्रित गरेर विकासका लागि अनुकुल नीति र व्यवहारिक कदम चालियो भने असम्भव भन्ने कुरा छैन। यि केही अध्यादेश छन्।

प्रधानमन्त्रीले भने, ‘आज अर्को भूमि सम्बन्धी अध्यादेश पनि आउँछ। जसले भूमिमा भएका बेठिक खालका कतिपय कुराहरू छन्, ति कुराहरू नसुल्झिएका समस्याहरू छन्, ति सुल्झाउन, कतिपय समस्या छन्। सरकारले पहिला आफैँ जग्गा किन्न दिन्छ, हाउजिङ गर्न दिन्छ, प्रशस्त घर बनाउन दिन्छ, अनि बनाइसकेपछि हद भन्दा बढी जग्गा किनेछु बेच्न त पाइँदैन भन्छ, घर बनाएर लटरम्म अङ्गुर फलेजस्तो घर फलेका छन्, बेच्न पाइँदैन।’

प्रधानमन्त्री ओलीले अहिले रहेको अस्तव्यस्त बनाउने नीतिहरू सच्याउने प्रयासमा सरकार लागेको बताउनु भयो। उनले अध्यादेशहरू ल्याएसँगै काँग्रेस र एमालेको सरकार चाँडै ढल्दैछ भन्ने जस्ता भ्रम फैल्याएको पनि उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *