परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ४

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छन् । उनी आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् । जर्मनीको राजधानी बर्लिनबाट बुधबार प्रस्थान गरेकी उनी आज बिहान नयाँदिल्ली पुगेकी हुन्।

नयाँदिल्लीस्थित विमानस्थलमा बिहान साढे ८ बजे ओर्लिएकी परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। केही दिन भारतमा रहँने राणाले समकक्षी एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने सम्भावित कार्यसूची छ । दिल्लीमा परराष्ट्रमन्त्री राणा एक सार्वजनिक कार्यक्रममा सहभागी हुनेछिन् ।

राणाको भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति पनि तय हुनसक्ने उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले यसै महिनाको अन्तिम साता भारत भ्रमण गर्नेगरि तयारी थालेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *