सरकार बनाउने ढाल्ने तर्फ ध्यानै छैन : नारायणकाजी श्रेष्ठ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ७

विराटनगर : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारतिर माओवादीको ध्यानै नभएको दाबी गरेका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै श्रेष्ठले सरकार बनाउनेतर्फ ध्यानै नभएको बताएका हुन्।

श्रेष्ठले माओवादी केन्द्र प्रतिपक्षमा बस्ने स्पष्ट पारे। ‘हामीलाई कहिले सरकार ढाल्ने होला ? कहिले सरकारमा जाने होला ? भन्नेतर्फ ध्यानै छैन’ उनले भने‘ दुई ठूला पार्टी मिलेर सरकार बनाउनु सकारात्मक हैन। उहाँहरूले कहिलेसम्म सरकार चलाउनु हुन्छ त्यो पनि टुंगो छैन।’

श्रेष्ठले माओवादी केन्द्रले गर्न लागेको आन्दोलन सरकार ढाल्नेतर्फ केन्द्रित नहुने स्पष्ट पारे। उनले सरकार ढाल्नलाई नभई जनतामा समस्या सम्बोधनका लागि सरकारलाई दबाब दिन आन्दोलन गर्न लागेको दाबी गरे। श्रेष्ठले भने, ‘माओवादी केन्द्रले सरकार ढाल्न नभई जनजीविकाका सवालमा सरकारलाई खवरदारी गर्न आन्दोलनको तयारी गरेको हो।’

सरकार चल्दैचलेन, संकटै ल्यायो भने चाहिं सरकार विरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आउने श्रेष्ठले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *