|
२०७९ मंसिर ४
०४ मङि्सर २०७९ १८:११
काठमाडौं : काठमाडौं क्षेत्र नं १ को मतपेटिका नयाँ बानेश्वरस्थित संसद भवनमा ल्याउन लागिएको छ। निर्वाचन सम्पन्न भएसँगै मतपेटिकाहरू संसद भवनस्थित गणनास्थलमा ल्याउन लागिएको हो।
जिल्ला निर्वाचन अधिकृतका अनुसार कतिपय मतदान केन्द्रबाट मतपेटिका संसद भवन ल्याइसकिएको छ।
मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बसेर सकेसम्म आजदेखि नै मतगणना गर्ने तयारी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
संसद भवनस्थित मतगणनास्थलमा सीसी क्यामेरा र तारजाली लगाइएको छ। मतगणनाका लागि पूरा तयारी भएको निर्वाचना कार्यालयले जनाएको छ।
काठमाडौं क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रविन्द्र मिश्र, पुकार बम, रमेश खरेल लगायत प्रतिस्पर्धामा रहेका छन्।



दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्