मतपेटिका खोसाखोस गरेपछि सिराहामा गोली चल्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ४
  • ०४ मङि्सर २०७९ ०९:४४

सिराहा : सिराहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल बुथमा गोली चलेको छ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुनथालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो । 

स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । 

मतपेटिका तानातानले केहीबेर तनाव भएको मतदान केन्द्रमा समस्या समाधान गरी मतदान सुरु गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *