|
२०७९ मंसिर ४
काठमाडौं : निर्वाचन आयोगले पछिल्लो जानकारीअनुसार ३२ प्रतिशत मतदान सकेको जनाएको छ। आयोगका सहायक प्रवक्ता शालिग्राम शर्मा पौडेले १२:४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जानकारी दिए।
उनले देशभरि छिटफुट घटनाबाहेक उत्साहपूर्ण मतदान भइरहेको बताए। ‘छिटफुट घटनाबाहेक देशभरि उत्साहपूर्ण मतदान भइरहेको छ। कतिपय ठाउँमा स्थगित भएको मतदान पुनः सुरु भएको छ। कतिपय ठाउँमा भने सर्वदलीय बैठक बसेर पुनः मतदान गर्ने तयारी भइरहेको छ,’ पत्रकार सम्मेलनमा सहायक प्रवक्ता पौडेलले भने।
उनले मतदान अधिकृतहरुलाई आफूखुसी मतदान स्थगित नगर्न निर्देशनसमेत दिएको बताए। ‘हामीले सबै मतदान केन्द्रमा आयोगको समन्वय बिना मतदान स्थगित नगर्न निर्देशन दिएका छौं। हामीले ५ बजेभित्र मतदान स्थल खुला राख्न भनेका छौं,’ उनले भने।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्