काभ्रेमा ३ बजे सम्ममा ४० प्रतिशत मतदान

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ४

काभ्रे: काभ्रेमा दिउँसो ३ बजेसम्म ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । 

बिहान ७ बजे देखि दिउँसो ३ बजेसम्मा जिल्लामा ४० प्रतिशत मात्र मत खसेको निर्वाचन अधिकृत उमेश राइले जानकारी दिए । 

काभ्रेमा २ प्रतिनिधि सभा र ४ प्रदेश सभा छन । कुल ३ लाख १० हजार ६३ मतदाता छन् । स्थानीय तहमा जस्तो मतदातामा उत्साह देखिएको छैन । 

काभ्रेमा १३ स्थानीय तह रहेकोमा तुलानत्मक रुपमा शहरी इलाकाको मतदान केन्द्रहरुमा मात्र मत धेरै खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

कुल ३ सय ८९ मतदान केन्द्रहरुमा मतदान हुँदै गरिएको निर्वाचन अधिकृत राइले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *