माओबादी केन्द्र सोलुको विस्तारित बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र ७

७ सोमबार – नेकपा माओबादी केन्द्र सोलुखुम्बुले आगामि स्थानीय तह निर्वाचनमा एक बुथ एक सय एक युथ परिचालन गर्ने भएको छ ।

माओबादी केन्द्र सोलुखुम्बुको दोस्रो विस्तारित बैठकले चुनाव केन्द्रित निर्णयहरु गर्दै युवा परिचालनलाई जोड दिएको छ । जिल्ला समन्वय समिति संयोजक असिम राईको अध्यक्षता तथा चुनाव परिचालन कमाण्ड इन्चार्ज सुरेश कुमार राई, जिल्ला इन्चार्ज हेम कुमार राई ‘शुरवीर’को विशेष उपस्थितिमा सम्पन्न बैठकले महत्वपूर्ण कमिटिहरु समेत गठन गरेको छ ।

जनसम्पर्क समन्वय समितिको संयोजकमा हेम कुमार राई, आर्थिक समिति संयोजकमा असिम राई, जनबर्गिय संगठन मोर्चा फ्याक्सन इन्चार्जमा ध्रुव शर्मा पराजुली, घोषणा पत्र मस्यौदा समितिमा हिमाल गिरी, प्रचार प्रसार समिति संयोजकमा भोजराज कार्की लगायतलाई जिम्मेवारी दिएको छ । त्यस्तै बैठकले जिल्ला समन्वय समिति सचिवको जिम्मेवारी नाम्गेल शेर्पालाई दिएको छ भने अखिल क्रान्तिकारीको फ्याक्सन इन्चार्ज बिजय तामाङलाई बनाएको छ ।

बैठकले चुनावका लागि चैत्र १५ गते भित्र पालिकाका समितिका बैठक राखि सक्न तल्लो कमिटिलाई निर्देशन दिएको छ । बैठकमा केन्द्रिय कमिटि सदस्य राजेन्द्र बस्नेत, चम्पा कार्की, प्रदेश उपाध्यक्ष देवान चाम्लिङ, प्रदेश सहसचिवहरु ऋषिराम ढुंगाना, कुमारी राई र सागर किराँतीका साथै जिल्ला नेता गोम्बु शेर्पा (कज्र्याङ) लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *