काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाएको छ । संसद्मा प्रधानमन्त्रीको खोजी निरन्तर भइरहादा सभामुखले उपस्थितिका लागि रुलिङ नगरेको भनेर प्रश्न उठाएको हो ।
बिहीबार प्रतिनिधिसभाको बैठबमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको बताए ।
नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको खोजी गर्ने लगायत विषयमा प्रमुख प्रतिपक्ष दलको हैसियतमा आफू स्वयम् र अन्य विपक्षी दलका सांसदहरूले पटक पटक सरकारलाई सदन प्रति उत्तरदायि बनाउन खोजेको स्मरण गरे ।
पछिल्लो केही बैठकदेखि श्रम संस्कृति पार्टीले सरकार खोज्दै, जवाफदेहीता र सदन प्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको स्मरण गराए ।
‘सभामुख महोदय, यहाँ बिर्सन नहुने एउटा प्रंसग उल्लेख गरौं । आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो । सरकारको जवाफदेहीता खोज्दै निलो स्कार्फ घाँटीमा बाधेर वेल घेरेको थियो,’ राइले भने ।
त्यसबेला रास्वपाले वेलमा पुगेर पलेँटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि गरेको थियो ।
‘त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो । मेरो प्रश्न आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित ?,’ राईको प्रश्न छ ।
आफूहरूको बुझाइमा रास्वपाको त्यसबेलाको कार्य गलत थियो र अहिले पनि गलत र अर्मायदित भइरहेको छ भन्ने निष्कर्ष रहेको उनले बताए ।
यहाँनेर फेरि उनले सभामुखको भूमिका स्मरण गरे ।
सरकारको कार्यमा सत्तारुढ दल रमाउँदै हिंडेको उनको टिप्पणी छ ।
कांग्रेस सचेतक राईको प्रश्न छ, ‘आज सदनमा जे भइरहेको छ, तपाईं सत्ताले छाती चौडा बनाएर दाबी र गर्व गर्दै हामीले क्रंमभंगता गरेका छौं भन्दै हिँड्दाको नतिजा हो । जुन् दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अंकको दम्भले लल्कारिछ अनि सदन कसरी मर्यादित हुन्छ ?’
यस्तोमा सभामुख जिम्मेवार हुनुपर्ने उनको आग्रह छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्