|
२०८३ बैशाख २८
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा विपक्षी दलका नेताहरूले संसद्लाई सरकारको कठपुतली बनाउन लागिएको भन्दै सभामुख अर्यालको ध्यानाकर्षण गराएका छन् ।
‘संसद्लाई सरकारको कठपुतली बनाएर हात्तीको देखाउने दाँत जस्तै बनाउने प्रयास भइरहेको छ ।
नेकपा एमाले प्रमुख सचेतक ऐन महरले आजको बैठकमा बोल्ने समय नै नराखिएको तथा नीति तथा कार्यक्रममाथि एक दिन मात्र छलफल राखिएकोमा सभामुखसँग आपत्ति जनाएको बताए ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्