प्रतिनिधिसभामा कामु प्रधानन्यायाधीशले दिएको आदेशविरुद्ध रास्वपा सांसदको आपत्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ४

काठमाडौँ । सोमबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशविरुद्ध सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले आपत्ति जनाएका हुन् । कामु प्रधानन्यायाधीश प्रधानले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन् । त्यसबारे पहिला प्रतिनिधिसभामा पहिला न्यौपाने र त्यसपछि बास्कोटाले आपत्ति जनाएका हुन् ।

सांसद न्यौपानेले कामु प्रधानन्यायाधीश न्यौपानेले कन्फिलिट अफ इन्ट्रेस्टका आधारमा आदेश दिएको भन्दै आपत्ति जनाएका हुन् ।

अर्की सांसद बास्कोटाले न्याय सम्पादन नगरेर अन्य विषयमा चासो देखाएको बताइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *