यस सिजन हिमाल आरोहणका लागि १ हजार २ सय जनाले लिए अनुमति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३०

काठमाण्डौँ । शरद् ऋतुका लागि हिमाल चढ्न एक हजार २०३ जनाले अनुमति लिएका छन् । कुल १ सय ४६ टिममा ९२० जना पुरूष र २ सय ८३ महिला छन् ।

असोज २९ गतेसम्म ७८ देशका पर्यटकले नेपाल पर्यटन विभागमा विभिन्न हिमाल चढ्न अनुमति लिएका हुन् । यसबाट २२ करोड ९२ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

विभागका अनुसार यो सिजनका लागि मनास्लु हिमाल चढ्न सबैभन्दा धेरै पर्यटकले अनुमति लिएका छन् । मनास्लुका लागि ३७४ जनाले अनुमति लिएका हुन् । त्यस्तै क्रमश आमा डब्लमका लागि २७४, हिमलुङ्ग १७६ र सगरमाथाका लागि ४ जनाले अनुमति लिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *