काठमाण्डौँ । रवि लामिछानेले मधेश केन्द्रित राजनीतिक भेटघाटका क्रममा धार्मिक मुद्दा उठाएर समाज विभाजन गर्न खोज्ने शक्तिहरूविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मतदातालाई सचेत रहन आग्रह गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गलत उम्मेदवारलाई भोट हाल्दा त्यसको परिणाम देशले भोग्नुपर्ने भन्दै नैतिक जिम्मेवारीको प्रश्न उठाए । “गलत मान्छेलाई भोट हाल्दा पाप लाग्छ,” उनले भने, “पैसाको प्रलोभनमा भविष्य बेच्नु हुँदैन।”
उनले समानुपातिक र प्रत्यक्ष दुवै तर्फ घण्टी चुनाव चिन्हमा मत दिन आग्रह गर्दै स्पष्ट बहुमत बिना सरकार निर्माण सम्भव नहुने बताए । “सरकार बनाउन सिट चाहिन्छ, सङ्ख्या चाहिन्छ। आधा–आधा भोट गर्दा लक्ष्य पूरा हुँदैन,” उनको भनाइ थियो ।
लामिछानेले मधेशसहित देशभर पहिलो पटक उल्लेख्य संख्यामा युवा उम्मेदवारहरू मैदानमा रहेको उल्लेख गर्दै यसलाई ऐतिहासिक अवसरका रूपमा लिन आग्रह गरे।
उनले पैसाले मत किन्न खोज्ने प्रवृत्तिप्रति खबरदारी गर्दै मतदातालाई सचेत रहन आग्रह गरे। “कसैले पैसा दिन खोजे त्यो जनताको नै चोरेको पैसा हो। लिए हुन्छ, तर भविष्य नबेच्नुहोस्,” उनले थपे।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्