स्थानीय जनप्रतिनिधि प्रचारमा लागे कारबाही हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसारमा सहभागी भएको पाइएमा कारबाही हुने जनाएको छ।

स्थानीय तहका केही जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत हुने गरी प्रचारप्रसारमा सहभागी भएको उजुरी आएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आयोगले निर्देशन दिएको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गरेर सबै स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पदको मर्यादा, तटस्थता तथा कानुनी दायित्वलाई मनन गर्दै आचारसंहिता विपरीत हुने कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार गतिविधिमा संलग्न नहुन आयोग निर्देशन दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *