चितवन-३ बाट रेणु दाहालको उम्मेदवारी दर्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ६

काठमाण्डौँ । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेणु दाहालको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर रेणुले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।

भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर उनी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी बनेकी हुन् ।

रेणुले भरतपुर महानगरमा दुई कार्यकाल नेतृत्व गरिन् । त्यसअघि उनी दोस्रो संविधानसभामा काठमाडौं क्षेत्र नम्बर १ बाट पनि उम्मेदवार बनेकी थिइन् । तर, त्यसबेला उनी पराजित भएकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *