निर्वाचनका लागि रोल्पामा २ हजार ३ सय ८९ कर्मचारी खटिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १३

काठमाण्डौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पामा तयारी तीव्र पारिएको छ ।

मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कार्य अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका प्रमुख विनोद खतिवडाले जानकारी दिए ।

निर्वाचनमा एक हजार ६२२ जना कर्मचारी खटाइएको र उनीहरुलाई आवश्यक अभिमुखीकरणसमेत दिइसकेको जानकारी उनले दिए ।

फागुन ३ गतेदेखि जिल्लाका १० वटै स्थानीय तहका ७२ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।

शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्न सबै अग्रसरता हुनुपर्ने र त्यहीँ अनुरुप आफूहरुले तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

एक हजार २९ जना निर्वाचन प्रहरी, ६१० जना नेपाल प्रहरी, ३ सय जना सशस्त्र प्रहरी र ४५० जना नेपाली सेना गरी कुल २ हजार ३ सय ८९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै तयारी पूरा भएको प्रशासनले जनाएको छ ।

अहिले रोल्पाका १० वटै स्थानीय तहमा निर्वाचन प्रहरी,नेपाल प्रहरी,शस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगिसकेको प्रशासनले बताएको छ ।

जिल्लामा कुल १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेका छन् । तीमध्ये ७४ हजार ६ सय ९० पुरुष र ७४ हजार ९०७ महिला मतदाता छन् ।

निर्वाचनका लागि २ अस्थायी मतदान केन्द्र, १८० स्थायी मतदान केन्द्र र ८६ मतदानस्थल तोकिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *