काठमाण्डौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रहरी प्रधान कार्यालयले संवेदनशील र ‘हेभिवेट’ उम्मेदवार प्रतिस्पर्धा भएका जिल्लामा वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा विशेष सुरक्षा कमाण्ड खटाएको छ । झापा, इलाम, सर्लाही, रौतहट, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रुपन्देही लगायतका जिल्लामा एसएसपीहरू परिचालित छन् ।
सबैभन्दा चुनौतीपूर्ण मानिएको झापामा एसएसपी गोविन्द अधिकारीलाई खटाइएको छ भने झापा–५ क्षेत्रमा मात्र हेर्ने गरी एसपी रुकेश तन्डुकारलाई जिम्मेवारी दिइएको छ। झापा–५ मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) बीच प्रतिस्पर्धा हुने भएकाले उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्लामा ९ सय प्रहरी थप परिचालन गरिएका छन् ।
तराईका जिल्लामा उच्च ‘थ्रेट’ आकलन गर्दै एसएसपीहरू परिचालन गरिएका छन् भने पहाडी ४६ जिल्लामा एसपीहरूको नेतृत्वमा सुरक्षा व्यवस्था मिलाइएको छ।
काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष रूपमा एसपीहरूलाई कमाण्ड दिइएको छ भने काठमाडौँ, भक्तपुर र ललितपुरमा एसएसपीमार्फत अनुगमनको व्यवस्था गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्