फिलिपिन्समा बाढी–पहिरोको वितण्डा, १९ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २७

काठमाडौँ — फिलिपिन्समा चक्रवात र भारी वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। चार जना अझै बेपत्ता रहेको सरकारले जनाएको छ।

प्रभावितमध्ये बेङ्गुएटमा १२, रिजालमा चार र बटाङ्गासमा तीन जनाको ज्यान गएको छ। भारी वर्षाबाट देशका ११ क्षेत्रका करिब २२ लाख ७० हजार मानिस प्रभावित भएका छन्।

सरकारले विस्थापितलाई आश्रय दिन ९०० भन्दा बढी सहायता केन्द्र सञ्चालनमा ल्याएको छ भने प्रभावितका लागि ७ करोड ३० लाखभन्दा बढीको राहत उपलब्ध गराइएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *