राहदानी बनाउन अब बिदाको दिन पनि पाइने सेवा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १६

काठमाडौं । सेवाग्राहीको बढ्दो भीड व्यवस्थापन गर्न राहदानी विभागले दुई सिफ्टमा सेवा सञ्चालन गर्नुका साथै सार्वजनिक बिदाका दिन पनि राहदानी सेवा उपलब्ध गराउन थालेको छ। त्रिपुरेश्वरस्थित विभागले शनिबारदेखि बिदाका दिनसमेत नियमित रूपमा सेवा प्रवाह गरिरहेको जनाएको छ।

विभागका अनुसार साउन १४ देखि २२ गतेसम्म विद्युतीय राहदानी सेवा बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुनेछ। यस अवधिमा दैनिक एक हजार ५०० आवेदन फाराम खुला गरिएको छ, जसबाट विशेषगरी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिएका सेवाग्राहीले सहज रूपमा राहदानी सेवा लिन सक्नेछन्।

त्यसैगरी, सार्वजनिक बिदाका दिन शनिबार र आइतबार पनि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानीसम्बन्धी सेवा उपलब्ध हुने विभागले जनाएको छ। यस व्यवस्थाले राहदानी बनाउन लामो समयदेखि पालो कुरिरहेका सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *