टोकियो । जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ भने ६ जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। भूकम्पपछि ९ हजार २ सयभन्दा बढी नागरिक अझै विभिन्न अस्थायी आश्रयस्थलमा बस्न बाध्य छन्।
भूकम्पका कारण सयौँ घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ भने हजारौँ परिवार अझै विद्युत् र खानेपानी सेवाबाट वञ्चित छन्। अधिकांश स्थानमा खोज तथा उद्धार कार्य सम्पन्न भइसके पनि प्रभावित क्षेत्रमा प्रहरी टोलीले सम्भावित पीडितको खोजीलाई निरन्तरता दिएको छ।
यता, जापानको मौसम विज्ञान एजेन्सीले कुमामोतो क्षेत्रमा अत्यधिक गर्मी पर्ने चेतावनी दिएको छ। तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएकाले आश्रयस्थलमा रहेका नागरिकको स्वास्थ्य सुरक्षाका लागि थप वातानुकूलित सुविधा उपलब्ध गराउने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्