|
२०८३ श्रावण १०
वासिङ्टन : अमेरिकाको मध्यावधि चुनाव नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन पार्टीका लागि राजनीतिक चुनौती बढेको छ। मतदान हुन १०० दिन बाँकी रहँदा प्रतिनिधिसभाको बहुमत जोगाउनु र सिनेटमा पकड कायम राख्नु रिपब्लिकनका लागि मुख्य चुनौती बनेको छ।
महँगी, आर्थिक अवस्था, स्वास्थ्य सेवा र विदेश नीतिका विषयले चुनावी बहसलाई प्रभावित गरिरहेका छन्। डेमोक्र्याटले प्रतिनिधिसभामा बहुमत पाए ट्रम्प प्रशासनमाथि अनुसन्धान र निगरानी बढाउन सक्ने भएकाले यस चुनावलाई ट्रम्पको कार्यकालको महत्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ।
राजनीतिक विश्लेषकहरूले राष्ट्रपतिको लोकप्रियता, मतदाताको असन्तुष्टि र चुनावी प्रतिस्पर्धाले आगामी परिणाममा ठूलो प्रभाव पार्ने बताएका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्