|
२०८२ फाल्गुन ११
काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–आ–लागो निवास परिसरमा जबर्जस्ती प्रवेश गर्न खोज्ने एक व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानी मारेका छन्।
घटनाका बेला ट्रम्प वासिङ्टन डीसीमा थिए भने उनका परिवारका सदस्यहरू सुरक्षित रहेको जनाइएको छ। सुरक्षाकर्मीले हतियार छोड्न चेतावनी दिँदा पनि ती व्यक्तिले शटगन चलाउन खोजेपछि गोली प्रहार गरिएको अधिकारीहरूले बताएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्