|
२०८३ श्रावण ६
काठमाडौं : कालिकोटको पलाँता गाउँपालिकाको सडक निर्माण योजनामा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कार्यमा कम काम गरेर बढी देखाई झुट्टा कागजातका आधारमा भुक्तानी गरिएको दाबी गरेको छ।
आयोगका अनुसार उक्त योजनामा करिब ८ लाख ८ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना भएको देखिएको छ। घटनामा गाउँपालिकाका कर्मचारी, प्राविधिक र उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी बनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्