राहदानी सेवाको ढिलाइबारे संसद्मा सरकारको आलोचना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २५

काठमाडौँ : प्रतिनिधिसभामा राहदानी विभाग अगाडि एक सेवाग्राहीले आत्मदाहको प्रयास गरेको घटनाप्रति गम्भीर चासो व्यक्त गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले राहदानी सेवा ढिलो हुँदा नागरिक निराश बनेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले सेवा प्रवाह सुधार्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे।

दुलालले नागरिकले चरम कदम चाल्नुपर्ने अवस्था आउनु चिन्ताजनक भएको उल्लेख गर्दै सार्वजनिक सेवालाई सहज, छिटो र जिम्मेवार बनाउन सरकारसँग माग गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *