|
२०८३ असार २३
कर्णाली, असार २३ — दैलेखमा भएको सवारी दुर्घटनापछि कर्णाली नदीमा बेपत्ता भएका चार जनामध्ये एक जनाको शव कैलालीमा फेला परेको छ।
प्रहरीका अनुसार कैलालीको मोहन्याल गाउँपालिका–६ क्षेत्रमा भेटिएको शव कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ६२ वर्षीय मेखे तिरुवाको रहेको पुष्टि भएको छ।
असार १८ गते सुर्खेतबाट कालिकोट जाँदै गरेको कर्णाली प्रदेश नम्बरको यात्रुवाहक गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनापछि नदीमा बेपत्ता भएका अन्य तीन जना र गाडीको खोजी कार्य भने जारी छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा आधुनिक खोज उपकरणसहितको टोली परिचालन गरेर नदी क्षेत्रमा निरन्तर खोजी भइरहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्