पूर्वअर्थमन्त्री पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदन आज सर्वोच्चमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १८

काठमाडौं, असार १८ – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा निवेदनमाथि बहस हुने तय भएको छ।

पौडेलकी पत्नी दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै असार १० गते रिट दायर गरेकी हुन्। यसअघि सर्वोच्चले सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बिमा तथा धितोपत्रसम्बन्धी मुद्दाका फाइल झिकाउन आदेश दिएको थियो।

सम्पत्ति शुद्धीकरण मुद्दामा असार ८ गते पक्राउ परेका पौडेललाई विशेष अदालतले थप अनुसन्धानका लागि तीन दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *