|
असार १४, २०८३
काठमाडौं : जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा आइतबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान ७:२५ बजे आएको भूकम्पको केन्द्र इवाते प्रान्त नजिकको समुद्री क्षेत्रमा रहेको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर गहिराइमा रहेको जनाइएको छ।
भूकम्पको कम्पन इवाते, आओमोरी तथा आसपासका क्षेत्रमा महसुस गरिएको भए पनि हालसम्म कुनै मानवीय क्षति वा भौतिक नोक्सानीको विवरण सार्वजनिक भएको छैन। यस्तै, भूकम्पपछि सुनामीको कुनै चेतावनी जारी नगरिएकाले थप जोखिम नरहेको अधिकारीहरूले बताएका छन्। सम्बन्धित निकायले भने अवस्था निरन्तर निगरानीमा राखिएको जनाएको छ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्