एमाले राष्ट्रिय कार्यशाला सुरु, ओलीद्वारा उद्घाटन

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ २०, २०८३

काठमाडौँ : नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौँमा सुरु भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यशालाको उद्घाटन गमलामा बिरुवामा पानी हालेर गरेका हुन्।

२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्।

कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्ज, संगठन विभागका पदाधिकारी र जनसंगठनका प्रतिनिधिहरू सहभागी छन्। कार्यक्रममा सदस्यता विस्तार, नवीकरण र संगठन सुदृढीकरणबारे छलफल हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *