|
जेष्ठ २०, २०८३
काठमाडौं, जेठ २० — नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम तान्ने तयारी गरेको हो।
राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोलमार्फत उक्त प्रक्रिया सञ्चालन गरिनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले यसमा सहभागिता जनाउन सक्नेछन्।
निक्षेप संकलन उपकरण ५६ दिनका लागि जारी गरिनेछ र यसको साँवा तथा ब्याज आगामी साउन १३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
तरलता व्यवस्थापनका लागि नियमित रूपमा यस्तो उपकरण प्रयोग गरिँदै आएको केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्