|
जेष्ठ १९, २०८३
पर्वत, जेठ १९ — पर्वतको कुश्मा–१४ आर्थरडाँडाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
चरीपानीतर्फ जाँदै गरेको जिप सडकबाट करिब ५०० मिटर तल खस्दा वडा सदस्य केशवराज पौडेलको निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक बुद्धिसागर पौडेल र राजेन्द्र पौडेल घाइते भएका छन्। उनीहरूको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्