महाकाली नदीमा दुई बेपत्ताको शव भेटियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १८

धनगढी, जेठ १८ । डडेल्धुराबाट बेपत्ता भएका सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार दुवै जनाको शव सोमबार महाकाली नदीका फरक–फरक स्थानमा भेटिएको हो। तीर्थबहादुरको शव डडेल्धुराको परशुराम क्षेत्रमा फेला परेको छ भने पुन मगरको शव कञ्चनपुर नजिक भारतीय सीमातर्फ भेटिएको बताइएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शव परीक्षण र थप अनुसन्धानपछि घटनाबारे विस्तृत जानकारी आउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *