काठमाडौं । मातातीर्थ औँसीको अवसरमा प्रधानमन्त्री बालेन शाहले सम्पूर्ण आमाहरू तथा नेपाल आमाप्रति सम्मान प्रकट गर्दै भावुक सन्देश दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उनले माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने बताएका छन् ।
प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा ‘हे जननी म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भन्ने भाव व्यक्त गर्दै राष्ट्रप्रतिको गहिरो प्रेम प्रकट गरेका छन् । उनले नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दै सम्पूर्ण नागरिकलाई आमालाई खुशी राख्न प्रेरित गरेका छन् ।
उनले आमालाई जीवनको पहिलो गुरु तथा अनन्त ममताको स्रोतको रूपमा चित्रण गर्दै ‘आमाको मुख हेर्ने दिन’ को महत्व उल्लेख गरेका छन्। साथै, सन्तानहरूको कर्मले आमालाई सधैं गर्व गर्ने अवसर मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहको यस सन्देशले मातृप्रेम र राष्ट्रप्रेम दुवैलाई समेट्दै आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्