एमाले र नेकपाका उम्मेदवारलाई भोट हाल्न कांग्रेसको सर्कुलर जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ४

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई भोट हाल्न नेपाली कांग्रेसले आन्तरिक सर्कुलर गरेको छ । पार्टी समितिमा रहेका आफ्ना सांसदहरूलाई सो सर्कुलर गरेको हो ।

शिक्षा समिति र संयुक्त समितिमा सभापतिका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ । शिक्षा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ओजस्वी शेरचन र एमालेका तर्फबाट गुरु बरालको उम्मेदवारी परेको छ।

यस्तै, संयुक्त समितिको सभापतिमा नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गणेश कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *